शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासत पुग्नेको सङ्ख्या ११३

काठमाडौं । प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खड्कासहित सन्तोष राजावादी पनि रहेका छन् । उनीहरु शनिबार साँझ  बालुवाटार क्षेत्रबाट पक्राउ परेका हुन् । यो संगै शनिबार थप ८ जना पक्राउ परेका हुन् । शुक्रबार  १०५ जना पक्राउ परेका थिए । तीनकुने घटनामा हालसम्म प्रहरी हिरातमा […]

Mar 29, 2025 - 14:22
 0
शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासत पुग्नेको सङ्ख्या ११३

काठमाडौं । प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खड्कासहित सन्तोष राजावादी पनि रहेका छन् ।

उनीहरु शनिबार साँझ  बालुवाटार क्षेत्रबाट पक्राउ परेका हुन् । यो संगै शनिबार थप ८ जना पक्राउ परेका हुन् । शुक्रबार  १०५ जना पक्राउ परेका थिए । तीनकुने घटनामा हालसम्म प्रहरी हिरातमा पुग्नेको कुल संख्या ११३ रहेको छ ।

शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register