लागुऔषधसहित नौ जनालाई पक्राउ

झापा, १४ फागुन । झापा, मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । फागुन १३ गते दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर महानगरपालिका–१५ स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–६ का ३२ वर्षीय सन्नी लामाको साथबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर [...] The post लागुऔषधसहित नौ जनालाई पक्राउ appeared first on Jhapa Online.

Feb 26, 2025 - 15:08
 0

झापा, १४ फागुन । झापा, मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

फागुन १३ गते दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर महानगरपालिका–१५ स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–६ का ३२ वर्षीय सन्नी लामाको साथबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर र मोरङ सुनवर्षी नगरपालिका–१ का २२ वर्षीय सनम तामाङको साथबाट १ ग्राम ४४० मिलिग्राम र पथरी शनिश्चरे नगरपालिका–६ का २२ बर्षीय अनिल राईको साथबाट २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

यसैगरी, फागुन १३ गते झापाको दमक नगरपालिका–६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाचँथर मिक्लाजुङ गाँउपालिका–५ का २६ वर्षीय विशाल भुजेललाई ट्रमाडोल १४० क्याप्सुल, स्पासेन १४० चक्कीसहित पक्राउ गरिएको छ ।

त्यसैगरी, फागुन १३ गते राति झापा मेचीनगर नगरपालिका–५ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दा झापाबाट खटिएको प्रहरी टोलीले स्थानीय ५२ वर्षीयदेवी प्रसाद बुढाथोकीलाई ५६० ग्राम गाजाँसहित पक्राउ गरेको छ ।

यसैगरी, फागुन १३ गते राति सुनसरी धरान उप महानगरपालिका–२ स्थितबाट वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान उपमहानगरपालिका–१५ का २६ वर्षीय गणेश राई, २५ वर्षीया भीमकुमारी विश्वकर्मा र ३० वर्षीय आशिष खातीलाई ट्रमानिल ११ सय ९४ क्याप्सुल, स्पासपेन १४ सय ९० ट्याब्लेट, स्पासरेष्ट ७, डेकोलिक ११ सय ७५ र मेडोमोल ८ चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको हो ।

फागुन १३ गते साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका–१० स्थितबाट उदयपुर नगरपालिका–१२ का १९ वर्षीय दिलिप घिमिरेको साथबाट डाइजेपाम ६, फेनार्गन ६, आईपिपिएल ६ गरी १८ एम्पुलसहित पक्राउ गरिएको छ । प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेको उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषधसहित नौ जनालाई पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register