झापामा मिडास कम्पनीको रबरद्वारा टायरको हट रिसोलिङ, माग बढ्दै

झापा, १६ फागुन । भारतको केरेलाको मिडास कम्पनीको उत्पादित रबरद्वारा रिसोलिङ गरिएको टायरको माग बढेको छ । झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा अत्याधुनिक प्रविधिबाट मिडास कम्पनीको रबरद्वारा टायरको हट रिसोलिङ सेवा सुचारु भएसँगै अहिले माग बढेको जनाइएको छ । शिवशक्ति टायर रिसोलिङ उद्योगले भारतको केरेलाबाट मिडास कम्पनीको रबर नेपालमै पहिलो पटक ल्याएर हट रिसोलिङ सेवा सुचारु [...] The post झापामा मिडास कम्पनीको रबरद्वारा टायरको हट रिसोलिङ, माग बढ्दै appeared first on Jhapa Online.

Feb 28, 2025 - 04:59
 0
झापामा मिडास कम्पनीको रबरद्वारा टायरको हट रिसोलिङ, माग बढ्दै

झापा, १६ फागुन । भारतको केरेलाको मिडास कम्पनीको उत्पादित रबरद्वारा रिसोलिङ गरिएको टायरको माग बढेको छ ।

झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा अत्याधुनिक प्रविधिबाट मिडास कम्पनीको रबरद्वारा टायरको हट रिसोलिङ सेवा सुचारु भएसँगै अहिले माग बढेको जनाइएको छ ।

शिवशक्ति टायर रिसोलिङ उद्योगले भारतको केरेलाबाट मिडास कम्पनीको रबर नेपालमै पहिलो पटक ल्याएर हट रिसोलिङ सेवा सुचारु गरेको बताउंदै अहिले माग धान्नै गाह्रो भएको जनाएको हो ।

शिवशक्तिले गत महिना असोज १ गतेबाट नेपालमै पहिलो पटक झापाको बिर्तामोडमा हट रिसोलिङ सेवा शुभारम्भ गरेको सञ्चालक गौरी भण्डारीले जानकारी दिए ।

टायरको हट रिसोलिङ सेवाले गाडी व्यवसायीलाई फाइदा पुगेको छ । रिसोलिङ गरेको टायर नयाँजत्तिकै बलियो तथा टिकाउ हुने हुँदा व्यवसायीलाई आर्थिक भारसमेत कम पर्न जाने सञ्चालक गौरी बताउंछन् ।

शिबशक्तिले धेरै बर्ष पहिलादेखि नै कोल्ड रबर रिसोलिङ सेवा भने दिँदै आएको थियो । नयाँ टायर खरिद गर्नुभन्दा मिडास कम्पनीको रबर मेशिनद्धारा रिसोलिङ गर्दा धेरै नै सस्तो पर्न जाने शिबशक्तिका व्यवस्थापक युवराज नेपालले बताए ।

नयाँ टायर खरिद गर्नुभन्दा यो कम्पनीको रबर लगाएर टायर रिसोलिङ गर्दा कम्तीमा पनि ५० प्रतिशत खर्च कम आउने हुंदा यसको माग बढेको व्यवस्थापक नेपाल बताउंछन् ।

The post झापामा मिडास कम्पनीको रबरद्वारा टायरको हट रिसोलिङ, माग बढ्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register