बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरू सम्पन्न

बिर्तामोड, ३ चैत । बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग ९१२ सय ४०मि० मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन [...] The post बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरू सम्पन्न appeared first on Jhapa Online.

Mar 16, 2025 - 14:33
 0
बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरू सम्पन्न

बिर्तामोड, ३ चैत । बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग ९१२ सय ४०मि० मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो ।

स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग ९१२ सय ४०मि० र अतिथि सदन रोड ९९ सय २५ मि०, वडा नम्बर २ को बानालाल मार्ग ९१ कि।मि०, वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक ९१२ सय ४० मि०, वडा नम्बर ८ को गरामनी( कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडक ९१२ सय ४० मि० र बुट्टाबारी एभरेष्ट स्कुलहुँदै हरिहर आश्रम सडक ९१२ सय ४० मि० रहेको छ ।

करीब ७ किलोमिटर सडकसंगै वडा नम्बर ६ मा रहेको हरियाली सामुदायिक वनमा एउटा सामुदायिक भवन पनि निर्माण गरीएको छ ।

सबै योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले गत भदौ २० गते एकमुष्ठ शिलान्यास गर्नु भएको थियो । शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम सम्पन्न गरेको हो ।

कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले केहि सडकहरुमा ड्रेनको समस्या रहेकोले आगामी वर्षका योजनाहरुमा समेट्ने बताउनु भएको छ । यस्तै नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा रहेको धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग २०१५ साल भन्दा अगाडीको सडक रहेको र यसमा पनि कालोपत्रे गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले सबै कालो पत्रेका कामहरु गुणस्तरीय रहेको बताउनु भएको छ ।

ठेकेदार नयन बरालले योजना सञ्चालनको समयमा जनप्रतिनिधिले राम्रो साथ दिएको बताउनु भयो । वडा नम्बर १ संगै समग्र बिर्तामोड नगरपालिकाको काममा आफुहरु सन्तुष्ट रहेको स्थानीयको भनाई छ ।

The post बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरू सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register