‘कल्ली’ मा अर्पण थापाको लुक्स सार्वजनिक

काठमाडौँ, २५ चैत । ‘कल्ली’ हाल छायाङ्कन भइरहेको फिल्म हो । फिल्मको विगत केही सातादेखि जुम्लामा छायाङ्कन भइरहेको छ । फिल्मको छायाङ्कन सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । फिल्म काठमाडौँमा केही दिन छायाङ्कन गरेर निर्माण पक्ष जुम्ला पुगेको हो । फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरूमा कौतुहलता बढाउने देखिन्छ । निर्माण पक्षले फिल्ममा [...] The post ‘कल्ली’ मा अर्पण थापाको लुक्स सार्वजनिक appeared first on Jhapa Online.

Apr 7, 2025 - 09:57
 0
‘कल्ली’ मा अर्पण थापाको लुक्स सार्वजनिक

काठमाडौँ, २५ चैत । ‘कल्ली’ हाल छायाङ्कन भइरहेको फिल्म हो । फिल्मको विगत केही सातादेखि जुम्लामा छायाङ्कन भइरहेको छ । फिल्मको छायाङ्कन सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ ।

फिल्म काठमाडौँमा केही दिन छायाङ्कन गरेर निर्माण पक्ष जुम्ला पुगेको हो । फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरूमा कौतुहलता बढाउने देखिन्छ । निर्माण पक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन ।

फिल्मका निर्माता किरण नेपालीका अनुसार अब एक सातामा छायाङ्कन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रूपमा छन् ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ ।

निसाल पौडेलको छायाङ्कन रहेको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माणपक्षले फिल्मको छायाङ्कन भइरहेको समयमा अर्पण थापाको लुक्स किन रिलिज गर्‍यो, त्यो आफैमा कौतुहलताको विषय छ । तर, अर्पणले यस अघि यस्तो लुक्समा काम गरेका थिएनन् । फिल्मका निर्देशन लक्ष्मण सुनार हुन् ।

The post ‘कल्ली’ मा अर्पण थापाको लुक्स सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register