टोखा गोली काण्ड : पक्राउ परेका गुड्डु लाल मोहम्मद प्रकरणका भारतीय सुटर
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेका व्यक्ति लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए । टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर रहेको प्रहरीले बताएको छ । पटेल नेपाल […]

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेका व्यक्ति लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२ का मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए ।
टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर रहेको प्रहरीले बताएको छ । पटेल नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार सुरूमा दुई राउण्ड हवाई फायर गरिएको र स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएका थिए ।
एक राउन्ड गोली लागेका पटेलको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । आफूलाई पक्राउ गर्न प्रहरी आएको सुइको पाएपछि पटेल भागेका थिए ।
What's Your Reaction?






