प्राइम कमर्सियल बैंक सुरुङ्गा शाखाको नयाँ भवनबाट सेवा शुरु

चन्द्र बस्नेतकनकाई, १८ फागुन । झापाको कनकाई–३ सुरुङ्गामा प्राइम कमर्सियल बैंकले आफ्नो सेवा नयाँ ठाउँबाट दिन सुरु गरेको छ । कनकाई–३ सुरुङ्गामा सेवा दिँदै आएको बैंकले आइतबारदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको सुरुङ्गा शाखाका प्रमुख सन्तोष नेपालले जानकारी दिनुभयो । आज एक संक्षिप्त कार्यक्रमका बीच नयाँ ठाउँबाट बैंकले सेवा सुरु गरेको हो । बैंकका [...] The post प्राइम कमर्सियल बैंक सुरुङ्गा शाखाको नयाँ भवनबाट सेवा शुरु appeared first on Jhapa Online.

Mar 2, 2025 - 15:59
 0
प्राइम कमर्सियल बैंक सुरुङ्गा शाखाको नयाँ भवनबाट सेवा शुरु

चन्द्र बस्नेत
कनकाई, १८ फागुन ।
झापाको कनकाई–३ सुरुङ्गामा प्राइम कमर्सियल बैंकले आफ्नो सेवा नयाँ ठाउँबाट दिन सुरु गरेको छ । कनकाई–३ सुरुङ्गामा सेवा दिँदै आएको बैंकले आइतबारदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको सुरुङ्गा शाखाका प्रमुख सन्तोष नेपालले जानकारी दिनुभयो ।

आज एक संक्षिप्त कार्यक्रमका बीच नयाँ ठाउँबाट बैंकले सेवा सुरु गरेको हो । बैंकका ‘क्लस्टर बी’का प्रमुख इन्द्रप्रसाद गुरगाईले रिवन काटेर नयाँ ठाउँबाट सेवाको शुभारम्भ गर्नुभएको हो । बैंकले देशभर वित्तीय पहुँचलाई विस्तार गर्ने रणनीतिअन्तर्गत विभिन्न स्थानमा नयाँ शाखाहरू थप्दै आएको छ ।

देशभर २ सय बढी स्थानबाट सेवा दिँदै आएको र कोशी प्रदेशमा ४६ वटा शाखा सञ्चालित रहेको रेको सुरुङ्गा शाखा इञ्चार्ज वन्दना काफ्लेले बताउनुभयो । बैंकले स्थानीय तहसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता असक्त्तलाई घर–घरमा पुर्याएर दिँदै आएको छ ।

The post प्राइम कमर्सियल बैंक सुरुङ्गा शाखाको नयाँ भवनबाट सेवा शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register