धनकुटा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

टक्सार । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । धनकुटा नगरपालिका–६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु […]

May 6, 2025 - 07:19
 0
धनकुटा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

टक्सार । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

धनकुटा नगरपालिका–६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि सोमबार बेलुका मृत्यु भएको छ ।

उपचारकै क्रममा रहेका भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मङ्गलबार बिहान मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अन्य घाइतेमध्ये दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी १४ जना घाइते भएका थिए । जसमा गम्भीर घाइतेमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

बस दुर्घटनामा घाइते हुनेमा षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी विक, धनकुटा साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ की पूर्णमाया तामाङ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ की दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार बिक रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register