बुफोन प्रधानमन्त्री ओलीलाई भेट्न बिहानै पुगे बालुवाटार, सँगै चियानास्ता

काठमाडौं । नेपाल आएका विश्वविजेता इटालियन गोलकिपर जियोनलियोजी बुफोनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न उनी सोमबार बालुवाटार गएका थिए । बुफोन र आफूले सँगै चियानास्ता गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘नेपाल आउनु भएका इटालियन गोलकिपर जियोनलियोजी बुफोनल लगायतसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो । […]

Mar 3, 2025 - 06:30
 0
बुफोन प्रधानमन्त्री ओलीलाई भेट्न बिहानै पुगे बालुवाटार, सँगै चियानास्ता

काठमाडौं । नेपाल आएका विश्वविजेता इटालियन गोलकिपर जियोनलियोजी बुफोनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न उनी सोमबार बालुवाटार गएका थिए ।

बुफोन र आफूले सँगै चियानास्ता गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘नेपाल आउनु भएका इटालियन गोलकिपर जियोनलियोजी बुफोनल लगायतसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो । उहाँको नेपाल बसाइ सुखद् रहोस्,’ उनले फेसबुकमा लेखेका छन् ।

विश्वकै सर्वोत्कृष्ट गोलकिपर मानिने बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आएका हुन् । फाइनल भिडन्त आज त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा हुँदैछ । जसमा मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register