काङ्ग्रेस नेतृ हिमानी मृत्यु प्रकरण : ब्ल्याकमेलिङ गरेकाले हत्या गरेको आरोपीको बयान

काठमाडौं । भारतको हरियाणा काङ्ग्रेस नेतृ हिमानी नरवालको हत्याको आरोपमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ । सचिन नाम गरेका एक व्यक्तिले आइतबार साँझ नागलोई प्रहरी चौकीमा आत्मसमर्पण गरेपछि रोहतक प्रहरीले उनलाई हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमानी हत्या प्रकरणमा यो पहिलो गिरफ्तारी हो । सचिनबाट हिमानीको मोबाइल फोन र गरगहना पनि बरामद गरिएको […]

Mar 3, 2025 - 06:27
 0
काङ्ग्रेस नेतृ हिमानी मृत्यु प्रकरण : ब्ल्याकमेलिङ गरेकाले हत्या गरेको आरोपीको बयान

काठमाडौं । भारतको हरियाणा काङ्ग्रेस नेतृ हिमानी नरवालको हत्याको आरोपमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ ।

सचिन नाम गरेका एक व्यक्तिले आइतबार साँझ नागलोई प्रहरी चौकीमा आत्मसमर्पण गरेपछि रोहतक प्रहरीले उनलाई हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमानी हत्या प्रकरणमा यो पहिलो गिरफ्तारी हो । सचिनबाट हिमानीको मोबाइल फोन र गरगहना पनि बरामद गरिएको छ ।

सचिन बहादुरगढ नजिकैको गाउँका बासिन्दा हुन् । उनी मोबाइल सामान पसल चलाउँछन् ।

प्रारम्भिक सोधपुछका क्रममा उनले हिमानीको घरमै हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि शवलाई सुटकेसमा हालेको पनि उनले बताएका छन्।

उनले आफू हिमानीको प्रेमी भएको र लामो समयदेखि सम्बन्धमा रहेको दाबी पनि गरेको एबीपी न्युजले लेखेको छ ।

हरियाणा प्रहरी स्रोतले हिमानी र सचिनले एकअर्कालाई लगभग एक वर्षदेखि चिनेको दाबी गरेको छ । सचिन पनि हिमानीको घरमा उनलाई भेट्न र त्यहीँ बस्न जान्थे ।

हत्याको कारण पत्ता लगाउन प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको छ ।

सचिनले काङ्ग्रेस नेताको मोबाइल चार्जरको तारले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मार्च १ को बिहान हरियाणाको रोहतकस्थित समलखा शहरको बस स्ट्यान्डमा हिमानीको शव झोलामा भेटिएको थियो ।

बाटोबाट हिँड्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेर झोला खोलेपछि त्यसमा सुटकेस थियो । आरोपीले झोला बसमा लिएर बस स्ट्यान्डतिर लागेका थिए ।

सचिन र हिमानी एक वर्षअघि सामाजिक सञ्जालबाट साथी बनेका थिए भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ । हिमानीले सचिनलाई घर बोलाउँथिन् । हिमानीले सम्बन्धको भिडिओ बनाएको अमर उजालाले लेखेको छ ।

उक्त भिडिओमार्फत हिमानीले सचिनलाई ब्ल्याकमेल गरेको दाबी छ । हिमानीले धेरै लाख रुपैयाँ मागेको पनि चर्चा छ । यद्यपि, यसको आधिकारिक पुष्टि अझै भएको छैन ।

आरोपितले मार्च २ मा नागरिक चुनाव हुने कुरा पनि बताए, त्यसअघि हिमानीले सचिनलाई आफ्नो घरमा बोलाएकी थिइन् ।

हिमानीले सचिनसँग बारम्बार पैसा मागिरहेकी थिइन्, सचिनले उनलाई धेरै बुझाउने प्रयास गरेका थिए, तर हिमानीले मानिनन् । सोही क्रममा उनले घरमै हिमानीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि आरोपी बहादुरगढको कानोदा गाउँमा रहेको आफ्नो पसलमा गएका थिए ।

त्यसपछि उनी फेरि हिमानीको घर फर्किए र सुटकेसमा शव बोकेर हिँडे । सुटकेस रिक्सामा लिएर गए र त्यसपछि बसबाट साम्पला स्ट्यान्ड गएको पाइएको प्रहरीले जनाएको छ ।

सचिन विवाहित हुन् । उनका दुई सन्तान पनि छन् । हाल प्रहरीले अभियुक्तसँग सोधपुछ गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register