बेलायतको ननिटनमा भूतपूर्व गोर्खाहरुलाई निशुल्क कानूनी परामर्श

लन्डन । बेलायतको ननिटनमा भूतपूर्व गोर्खाहरुलाई निशुल्क कानूनी परामर्श दिइएको छ । ननिटनस्थित द गोर्खा कर्नरमा शुक्रबार आयोजित कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापा र सोही फर्मकी कानूनी सल्लाहकार पूजा सत्यालले परामर्श दिएका हुन् । कार्यक्रममा करिब एकसय भूतपूर्व गोर्खा सहभागी थिए । कार्यक्रममा सोलिसिटर राजु थापाले भूतपूर्व गोर्खा वयस्क सन्तानहरुको अध्यागमन सम्बन्धि […]

Jun 16, 2025 - 21:13
 0
बेलायतको ननिटनमा भूतपूर्व गोर्खाहरुलाई निशुल्क कानूनी परामर्श

लन्डन । बेलायतको ननिटनमा भूतपूर्व गोर्खाहरुलाई निशुल्क कानूनी परामर्श दिइएको छ ।

ननिटनस्थित द गोर्खा कर्नरमा शुक्रबार आयोजित कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापा र सोही फर्मकी कानूनी सल्लाहकार पूजा सत्यालले परामर्श दिएका हुन् ।

कार्यक्रममा करिब एकसय भूतपूर्व गोर्खा सहभागी थिए ।

कार्यक्रममा सोलिसिटर राजु थापाले भूतपूर्व गोर्खा वयस्क सन्तानहरुको अध्यागमन सम्बन्धि नियमबारे प्रकाश पारेका थिए ।

थापाले छोराछोरी नेपालबाट झिकाउन उमेरको हदबन्दी नहुने तर आर्थिक र भावनात्मक सम्बन्ध भएको, बाबु आमा नेपाल भ्रमण गरेको, सन्तान अविवाहित हुनु पर्ने जस्ता शर्त पालना गर्नु पर्नेमा जोड दिए ।

करिब एक घण्टा लामो परामर्शमा सोलिसिटर थापाले अहिले बेलायत सरकारले ‘अपिल राइट्स’ दिएकाले धेरै केसहरु सफल भइरहेको बताए । भूतपूर्व गोर्खाहरुले राखेका विभिन्न जिज्ञासा मेटाउंदै सोलिसिटर थापाले झुटो विवरण पेश गर्न भने कहिल्यै नहुने सुझाए ।

‘यदि छोराछोरी विदेश गएर संघर्ष गरेको हो भने त्यो पनि भन्नु पर्छ’, थापाले भने, ‘आफ्ना सन्तान ल्याउनु हरेक आमाबाबुको नैसर्गिक अधिकार हो । मानवअधिकार ग्राउण्डबाट मुद्दा सफल बनाउन सकिन्छ तर गलत विवरण दिनु भएन ।’

सोलिसिटर थापाले एभरेष्ट लले गत महिना बेजिङस्टोकमा पनि यस्तै परामर्श दिएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर कार्यक्रम गर्ने आफ्नो योजना सुनाए । यस्ता कार्यक्रमबाट धेरै गोर्खा लाभान्वित भएको उनको भनाइ थियो ।

कानूनी सल्लाहकार पूजा सत्यालले बयानमा फरक कुरा बताउंदा केस झन् बिग्रिने भएकाले सचेत रहन सुझाइन् ।

उक्त कार्यक्रममा गोर्खा अभियन्ता ज्ञानराज राई र जीटुजी वार्तामा गोर्खाहरुको तर्फबाट प्रवक्ता मेजर रिटायर्ड जुद बहादुर गुरुङले बेलायत सरकारसंग शुरु भएको वार्ताको अपडेट गराएका थिए ।

यसैबीच, ननिटन एण्ड बेडवर्थ बरो काउन्सिलका मेयर सेवानिवृत्त गोर्खा भीम सारुले सोलिसिटर थापालाई सम्मान गरेका छन् । मेयर सारुले नेपाली समुदायमा थापाको उल्लेख्य योगदानको कदर गर्दै सम्मान गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register