म्यानहाइमको भीडमा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक संदिग्ध पक्राउ
काठमाडौं । जर्मनीको म्यानहाइममा एउटा कारले भीडमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् । प्रहरीले सुरुमा एक जनाको मृत्यु भएको बताएको थियो, तर राज्यका आन्तरिक मन्त्रीले एएफपीलाई बताएअनुसार अर्का व्यक्तिको पनि ज्यान गएको छ । घटनाका एक संदिग्धलाई पक्राउ गरिएको छ । ती ४० वर्षीय जर्मन नागरिक रहेको […]

काठमाडौं । जर्मनीको म्यानहाइममा एउटा कारले भीडमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।
प्रहरीले सुरुमा एक जनाको मृत्यु भएको बताएको थियो, तर राज्यका आन्तरिक मन्त्रीले एएफपीलाई बताएअनुसार अर्का व्यक्तिको पनि ज्यान गएको छ ।
घटनाका एक संदिग्धलाई पक्राउ गरिएको छ । ती ४० वर्षीय जर्मन नागरिक रहेको बताइएको छ । यस घटनामा अन्य कोही संलग्न भएको प्रमाण भने नभेटिएको प्रहरीले जनाएको छ ।
नजिकैको रेस्टुरेन्टमा बसिरहेका एक प्रत्यक्षदर्शीले स्थानीय मिडियालाई बताएअनुसार ती व्यक्ति अराजक तरिकाले भीडतिर कार चलाएका थिए ।
प्रहरीले घटना जानाजानी गरिएको हो वा दुर्घटनावश भएको हो भन्ने स्पष्ट पारेको छैन ।
गत वर्ष पनि जर्मनीमा यस्ता केही घटना घटेका थिए ।
What's Your Reaction?






