विद्यार्थीलाई जीवनोपयोगी सीप प्रदान

स्याङ्जा । बालबालिका विद्यालय किन जान्छन् ? सबैको साझा उत्तर हुन्छ ‘पढ्न’ । पढाइ शब्द आजभोली बालबालिकाका लागि निकै ठूलो भारी जस्तै भएको छ । आफूभन्दा ठूलो भारीका रुपमा झोला बोकेर विद्यालय जानुपर्ने बाध्यता र झोलाभरी भएका पुस्तकका अक्षरहरु घोक्नुपर्दा विद्यार्थीहरु आजित भएका छन् । परीक्षामा विद्यार्थीले पाउने उत्कृष्ट अंकलाई आफ्नो सफलता सम्झने अधिकांश विद्यालयहरु […]

Mar 4, 2025 - 03:56
 0
विद्यार्थीलाई जीवनोपयोगी सीप प्रदान

स्याङ्जा ।

बालबालिका विद्यालय किन जान्छन् ? सबैको साझा उत्तर हुन्छ ‘पढ्न’ । पढाइ शब्द आजभोली बालबालिकाका लागि निकै ठूलो भारी जस्तै भएको छ । आफूभन्दा ठूलो भारीका रुपमा झोला बोकेर विद्यालय जानुपर्ने बाध्यता र झोलाभरी भएका पुस्तकका अक्षरहरु घोक्नुपर्दा विद्यार्थीहरु आजित भएका छन् ।

परीक्षामा विद्यार्थीले पाउने उत्कृष्ट अंकलाई आफ्नो सफलता सम्झने अधिकांश विद्यालयहरु विद्यार्थीलाई सिकाउने भन्दा पनि घोकाउने प्रतिस्पर्धा गरीरहेका हुन्छन् । तर स्याङ्जाको सामाजिक विकास कार्यालयले भने यहाँका विद्यार्थीलाई व्यवहारिक शिक्षाको लागि अभिप्रेरीत गरेको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले विद्यार्थीलाई टपरी बनाउन सिकाएको छ । जलबायु परिवर्तनबाट हुने असर र भावी पिढीको लागि पर्ने गम्भिर संकटलाई मध्यनजर गर्दै कार्यालयले विद्यार्थीहरुलाई टपरी बनाउने लगायतको तालिमहरु दिएको हो ।

सामाजिक विकास कार्यालय स्याङ्जाले खाजाको लागि टपरीको प्रयोगलाई अधिकतम प्राथमिकता दिइएको र टपरी बनाउन पनि सिकाएको जनाएको छ । जेष्ठ नागरिकमा भएको ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियान स्वरुप यो तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।

वातावरण संरक्षणमा सबै क्षेत्रले स–सानो काम गर्नुपर्ने भन्दै सामाजिक विकास कार्यालयले यो अभियान सन्चालन गरेको हो । यस्तै प्लाष्टिक माटोमा फाल्दा माटाको उर्वराशक्ति घट्ने, जलवायु परिवर्तन, वायु प्रदुषण र पृथ्वीको तापक्रम बृद्वि हुने तथा नदिमा जलचरको जिवनचक्रमा नै असर पु¥याउने सामाजिक विकास कार्यालय स्याङ्जाले जनाएको छ ।

सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा विस्कुट, चाउचाउ र अन्य काम नलाग्ने तथा प्रयोग भएका प्लास्टिकको समुचित प्रयोग गर्दै बस्ने चकटी र प्लास्टिकका सजावटका सामाग्री बनाउन पनि सिकाइएको छ । जेष्ठ नागरिक तथा बालबालिका र युवाहरुलाई यो अभियान सन्चालन गरिएको सामाजिक विकास कार्यालय स्याङ्जाले जानकारी दिएको छ । तालिमबाट ४५ जना विद्यार्थी र १० जना यूवा गरी ५५ जना लाभान्वित भएको कार्यालय प्रमुख पौडेलको भनाई छ ।


पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने अभियान स्वरुप विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको पौडेलले जानकारी दिनुभयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको पौडेलको भनाइ छ ।

पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई साल लगायतको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको पौडेलको भनाइ छ । तालिमपछी विद्यालयमा नियमित रुपमा यो सिकाई संचालन गर्न कार्यालयले अनुरोध गरेको छ । हाल आँधीखोला ५ मा संचालन भएको यस्तो खालको तालिम यसअघि अमोर सेवा बालगृहमा संचालन गरिएको कार्यालयले जनाएको छ । हाल अमोर बालगृहका बालबालिकाहरुले आफै डोको बुन्ने, बत्ती कात्ने तथा टपरी गाँस्ने गरेका छन् ।

सामाजिक विकास कार्यालयको सिको गर्दै स्याङ्जाका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक कुरा सिकाउन थालेका छन् । विद्यालयले विभिन्न कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेका छन् । विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित करेसाबारीमा काम गर्न अभिप्रेरीत गर्ने गरिएको त्रिभुवन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, करेसाबारीमा काम गर्ने सीप सिकाउन थालिएको छ । करेसाबारीको काम सिक्न अभिप्रेरीत गर्ने उद्देश्यले तरकारीका विउविजन समेत वितरण गर्ने गरिएको रेग्मीको भनाई छ । अब महिला समूहको अगुवाईमा विद्यार्थीहरुलाई टपरी बुन्न सिकाउन लागेको रेग्मीले बताउनुभयो ।

विरुवाको जिवनज्योती माविले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कुखुरापालन संचालन गरी विद्यार्थीलाई आयआर्जनमा जोड्ने प्रयास गरेको छ । वालिङको रणविर जनहित माविले जीवनोपयोगी सिप अन्तर्गत प्लम्विङ र हाउस वयरिङका तालिमहरु संचालन गरेको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई निशुल्क रुपमा ३ महिने कम्यूटर प्रशिक्षण दिने गरिएको प्रअ लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । ‘बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register