मेड्रिड डर्बीमा रियाल विजयी

लन्डन, (एजेन्सी) । गत संस्करणको विजेता रियाल मेड्रिडले युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सहरी प्रतिद्धन्द्धी एटलेटिको मेड्रिडलाई हराएको छ । मंगलबार स्यान्टियागो बर्नाबेउमा रोड्रिगो र ब्राहिम डियाजले गोल गरेपछि रियालले एट्लेटिकोलाई २–१ ले हरायो । एट्लेटिकोका लागि जुलियन अल्भारेजले गोल गरेका थिए । खेलको चौथो मिनेटमै रोड्रिगोको गोलमार्फत रियालले अग्रता लिएको थियो […]

Mar 5, 2025 - 04:40
 0
मेड्रिड डर्बीमा रियाल विजयी

लन्डन, (एजेन्सी) ।

गत संस्करणको विजेता रियाल मेड्रिडले युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सहरी प्रतिद्धन्द्धी एटलेटिको मेड्रिडलाई हराएको छ । मंगलबार स्यान्टियागो बर्नाबेउमा रोड्रिगो र ब्राहिम डियाजले गोल गरेपछि रियालले एट्लेटिकोलाई २–१ ले हरायो । एट्लेटिकोका लागि जुलियन अल्भारेजले गोल गरेका थिए ।

खेलको चौथो मिनेटमै रोड्रिगोको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले फेडेरिको भाल्भर्डेले पास गरेको बललाई गोलमा परिणत गरेका थिए । तर, एटलेटिकोले ३२ औ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । जाभी गालानको पासलाई सदुपयोग गर्दै अल्भारेजले एटलेटिकोका लागि गोल गरे ।

५५औं मिनेटमा डियाजले गोल गर्दा रियाल २–१ ले अगाडि बढ्यो । यस पटक फेल्र्यान्ड मेन्डीले गोलको अवसर सिर्जना गरेका थिए । यो स्कोर अन्तसम्म रहँदा रियालले पहिलो लेगमा एडभान्टेज लिएको छ । दोस्रो लेग एटलेटिकोको घरेलु मैदानमा वान्डा मेट्रोपेलिटानोमा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register