मोदीलाई सगरमाथा संवाद कार्यक्रममा निम्तो गरिने, परराष्ट्रमन्त्रीले मागिन् समय
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रममा आमन्त्रण गर्ने तयारी गरिएको छ । कार्यक्रमका लागि निम्तो दिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समय मागेकी छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शङ्कर शर्माले परराष्ट्रमन्त्री सँगको भेटका लागि समय मिलाइ दिन आग्रह गर्दै भारतका विदेशसचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका छन् । मार्च १७-१९ […]

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रममा आमन्त्रण गर्ने तयारी गरिएको छ ।
कार्यक्रमका लागि निम्तो दिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समय मागेकी छन् ।
नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शङ्कर शर्माले परराष्ट्रमन्त्री सँगको भेटका लागि समय मिलाइ दिन आग्रह गर्दै भारतका विदेशसचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका छन् ।
मार्च १७-१९ मा नयाँ दिल्लीमा आयोजित रायसिना डायलगमा सहभागी हुने बेलामा राणाले मोदीको समय मागेकी हुन् ।
यससँगै नेपालको तर्फबाट अप्रिल २-४ सम्म थाइल्याण्डको राजधानी बैङ्ककमा हुने बिमस्टेक सम्मेलनमा मोदीसँग साइडलाइन वार्ताको लागि पनि आग्रह गरिएको छ ।
What's Your Reaction?






