एफपीयू मिशनमा तैनाथ ११औँ डफ्फाको टोली स्वदेश फिर्ता  

काठमाडौँ।  संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू.)मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी  ११औँ डफ्फाको टोलीबुधबार राती स्वदेश फिर्ता भएको छ । स्वदेश फिर्ता भएको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बिहीबार  सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा स्वागत गरेका हुन्।  अतिरिक्त महानिरीक्षक […]

May 8, 2025 - 13:50
 0
एफपीयू मिशनमा तैनाथ ११औँ डफ्फाको टोली स्वदेश फिर्ता  

काठमाडौँ। 

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू.)मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी  ११औँ डफ्फाको टोलीबुधबार राती स्वदेश फिर्ता भएको छ ।

स्वदेश फिर्ता भएको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बिहीबार  सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा स्वागत गरेका हुन्। 

अतिरिक्त महानिरीक्षक दाहालले द्वन्दग्रस्त मुलुकमा खटिएर शान्ति स्थापना गर्ने कार्यमा खटिई आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिदै  संगठनमा आवद्ध रही संयुक्त राष्ट्रसंघीय मिशनमा सेवा गर्न पाउनु अवसर रुपमा रहेको तथा मिसनमा कार्यरत रहँदा आर्जन गरेको ज्ञान र अनुभवलाई स्वदेशमा समेत हौसला र उत्साहकासाथ लागू गर्नुपर्ने बताए ।

उनले शान्ति मिसनमा रहँदा सशस्त्र प्रहरी कर्मचारीहरुले देखाएको अनुशासन, आचरण, कर्तव्य परयाणता र व्यावसायिकताले अन्तर्राष्ट्रिय समुदायमा हाम्रो संगठन र राष्ट्रको छवि उज्वल रहेको बताउनुहुँदै स्वदेशमा फर्किएपछि समेत संगठनबाट देश र जनताले अपेक्षा गरे अनुरुपको सेवा प्रवाह गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताए ।

स्वदेश फिर्ता भएको टोलीमा १ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु रहेका छन् । सो टोलीको बदलीको लागि १२औँ डफ्फाको टोली यही वैशाख २३ गते राती त्यसतर्फ प्रस्थान गरेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ष्ठ, सिनियर तथा जुनियर अधिकृतहरुको साथै विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register