समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानलाई शून्य अङ्क दिइयो : ऊर्जामन्त्री खड्का

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको दाबी गरेका छन् । डुम्रेमा मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा घिसिङलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए । उनले भने, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी […]

Mar 5, 2025 - 09:59
 0
समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानलाई शून्य अङ्क दिइयो : ऊर्जामन्त्री खड्का

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको दाबी गरेका छन् ।

डुम्रेमा मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा घिसिङलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।

उनले भने, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।” मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे ।

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, “विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।”

कुलमानलाई शून्य अङ्क दिएकोमा तात्यो सदन, सभामुखले मागे सरकारको जवाफ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register