रिंकु सदा बलात्कार घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ

जनकपुरधाम । सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुलाई स्थानीय तीन युवकले सामूहिक बलात्कार  गरेका थिए । सो बलात्कार घटना माघ २९ र ३० गते पञ्चायत बसेर […]

Mar 5, 2025 - 13:38
 0
रिंकु सदा बलात्कार घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ

जनकपुरधाम । सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुलाई स्थानीय तीन युवकले सामूहिक बलात्कार  गरेका थिए । सो बलात्कार घटना माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै मिलाउने प्रयास समेत गरिएको थियो।

पञ्चायतले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायत नमिल्दा पीडक पक्षको धम्कीका कारण गत माघ ३० गते पीडित किशोरी रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register