गलत रकम उल्लेख हुँदैमा चेक अनादरको मुद्दा चलाउनु हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम उल्लेख भएकै आधारमा अनादरको मुद्दा दर्ता गर्न नहुने बताएका छन् । बुधवार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा उनले चेकमा गलत रकम उल्लेख भए ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेकाले अनादरको मुद्दा अघि बढाउन नहुने बताएका हुन् । ‘चेकमा गलत अमाउन्ट लेखेकै कारणले चेक अनादरमा […]

Mar 12, 2025 - 07:33
 0
गलत रकम उल्लेख हुँदैमा चेक अनादरको मुद्दा चलाउनु हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम उल्लेख भएकै आधारमा अनादरको मुद्दा दर्ता गर्न नहुने बताएका छन् ।

बुधवार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा उनले चेकमा गलत रकम उल्लेख भए ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेकाले अनादरको मुद्दा अघि बढाउन नहुने बताएका हुन् ।

‘चेकमा गलत अमाउन्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन। चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ,’ उनले भने, ‘त्यसकारण गल्ती छ भने त्यो समयमा सँच्चिहाल्छ।’

उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिवाना गर्ने वा नगर्ने विषयमा कानुनी व्यवस्था भइसकेको बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register