संस्था दर्ता ऐन स्वीकृत गर्दै शिवसताक्षी नगरपालिकाको १५ औं नगरसभा सम्पन्न

शिवसताक्षी, २२ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले १५ औं नगर सभा सम्पन्न गरेको छ । आज नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता एन नगर सभाले प्रथम संशोधन विधेयक २०८१ स्वीकृत गरेको हो । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्गले नगर [...] The post संस्था दर्ता ऐन स्वीकृत गर्दै शिवसताक्षी नगरपालिकाको १५ औं नगरसभा सम्पन्न appeared first on Jhapa Online.

Mar 6, 2025 - 14:09
 0
संस्था दर्ता ऐन स्वीकृत गर्दै शिवसताक्षी नगरपालिकाको १५ औं नगरसभा सम्पन्न

शिवसताक्षी, २२ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले १५ औं नगर सभा सम्पन्न गरेको छ । आज नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता एन नगर सभाले प्रथम संशोधन विधेयक २०८१ स्वीकृत गरेको हो ।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्गले नगर सभालाई सम्बोधन गर्दै स्थानीय तहको खुम्चिएको अर्थतन्त्रलाई चलायमान बनाएर नगरको समग्र विकासका लागि काम गर्नु पर्ने चुनौति रहेको बताए । शिवसताक्षी नगरपालिकाको शिवगञ्ज निर्माण गरिएको नगर अस्पतालन सञ्चालन लागि परेका छौ । प्रदेश सरकार र केन्द्रिय सरकारसँग बजेटका लागि माग गरिएको छ। नगर प्रमुख थोप्राले भने, नगरपालिकाले अर्ध वार्षिकी नगरभा गर्दै गर्दा पनि अहिले प्रदेश सरकार र केन्द्रिय सरकारले जाहेर गरेको अनुदान रकम समेत ३० प्रतिशत नगरपालिकामा नआएकाले अझै होसियारी भएर काम गर्नु पर्ने बाध्यता रहेको छ ।

नगरसभामा उपप्रमुख नगरमाया कार्कीले २०८१ ÷०८२को नीति तथा कार्यक्रम बजेट कार्यान्वयनका लागि बजेटको समीक्षा र बजेट संशोधन सहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा पर्यटन विकास, समावेशीकरण, सुशासन र गरिवी निवारणलाई प्राथमिकतामा राखी ल्याएइएको योजना बजेट कार्यन्वयनमा चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा हेर्दा सकारात्मक दिशा तर्फ अघि बढेको बताइन् ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्मा कार्यालयको संचित कोषबाट कुल ४८ करोड, १५ लाख, ८७ हजार ९४० रुपैया प्राप्त भएको नगर उपप्रमुख कार्कीले बताइन् ।

चालु आर्थिक वर्षका लागि कुल विनियोजित बजेट रु ९७ करोड ६२ लाख ५२ हजार १३ रुपैया मध्येबाट चालु खर्च तर्फ ६२ करोड १७ लाख १६ हजार ७६५ रुपैया र पुँजीगत खर्चतर्फ बजेट ३५ करोड, ४५ लाख ३५ हजार २४८ विनियोजित गरेको थियो । जस मध्ये पौष मसान्त सम्ममा चालु तर्फ २२ करोड ३५ लाख ४४ हजार २१९ रुपैया र पुँजीगत ३ करोड ९० लाख ६७ हजार ५०० खर्च भएको नगर उपप्रमुख कार्कीले जानकारी दिइन् । जुन चालु तर्फ विनियोजित बजेटको ३५.९६ प्रतिशत तथा पँुजिगत तर्फ विनियोजित बेटको ११.२ प्रतिशत हुन आउँछ भने कुल विनियोजित बजेटको २६.९० प्रतिशत गरहेको देखिन्छ ।

नगर सभाले २०८१ ÷०८२ का लागि सञ्चालन गरेका सुन्दर सहर उज्यालो नगर कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको योजनाहरु अनुमोदन गरेको छ । कार्यापालिकाबाट निर्णय भएर सञ्चालन भएका संघ संस्था, क्लब, प्रतिष्ठान, भाषा संस्कृति संरक्षण लागि गरिएका कार्यक्रमहरु, भौतिक पूर्वाधार मर्मत सम्भारलगायतका नगरको तर्फबाट सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रमहरुको नगरसभाले अनुमोदन गरेको छ । नगरसभाले नगरका ११ वटै वडाहरुट संशोधित ३४ वटा योजनाहरु पेश गरिएका योजनाहरु अनुमोदन गरिएको छ ।

त्यस्तै नगरपालिका स्तरीय योजनाहरुलाई आवश्यकताको आधारमा रकमान्तर गरिएको स्तरीय १७ योजनाहरुलाई रकमान्तर गरी पेश गरिएका कार्यक्रमलाई समेत नगर सभाले अनुमोदन गरेको शिवसताक्षी नगरपालिको जनाएको छ । नगरसभा नगरप्रमुख मेगाहाङ्ग थोप्राको अध्यक्षता भएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङफेले गरेकी थिइन् ।

The post संस्था दर्ता ऐन स्वीकृत गर्दै शिवसताक्षी नगरपालिकाको १५ औं नगरसभा सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register