भारतमा १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध, निगरानीमा बीबीसी

काठमाडौं । भारतले १६ पाकिस्तानी युट्युब च्यानललाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएका च्यानलहरुमा डन न्यूज, इर्शाद भट्टी, समा टिभी, एआरवाई न्यूज, बोल न्यूज, रफ्तार, द पाकिस्तान रेफरेन्स, जियो न्यूज, समा स्पोर्ट्स, जीएनएन, उजैर क्रिकेट, उमर चीमा एक्सक्लुसिभ, अस्मा शिराजी, मुनीब फारुक, सुनो न्यूज एचडी र राजी नामा छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार यी च्यानलहरूले आफ्नो […]

Apr 28, 2025 - 08:56
 0
भारतमा १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध, निगरानीमा बीबीसी

काठमाडौं । भारतले १६ पाकिस्तानी युट्युब च्यानललाई प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्ध लगाइएका च्यानलहरुमा डन न्यूज, इर्शाद भट्टी, समा टिभी, एआरवाई न्यूज, बोल न्यूज, रफ्तार, द पाकिस्तान रेफरेन्स, जियो न्यूज, समा स्पोर्ट्स, जीएनएन, उजैर क्रिकेट, उमर चीमा एक्सक्लुसिभ, अस्मा शिराजी, मुनीब फारुक, सुनो न्यूज एचडी र राजी नामा छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार यी च्यानलहरूले आफ्नो देश र सुरक्षा एजेन्सीविरुद्ध झूटा र भ्रामक समाचार सम्प्रेषण गरेको आरोप छ । गृह मन्त्रालयको सिफारिसपछि सरकारले यो कारबाही गरेको हो ।

साथै, केन्द्र सरकारले पहलगाम आक्रमणसम्बन्धी रिपोर्टिङका विषयमा बीबीसीलाई पत्र लेखेको छ । “परराष्ट्र मन्त्रालयको एक्सपी विभागले बीबीसी भारत प्रमुख ज्याकी मार्टिनलाई भारतको गम्भीर भावना व्यक्त गरेको छ,” एक वरिष्ठ सरकारी अधिकारीले भने । उनले थपे, “एक औपचारिक पत्रमार्फत बीबीसीलाई आतङ्ककारीहरूलाई ‘उग्रवादी’ भनेर उल्लेख गरेको विषयमा आपत्ति जनाइएको छ ।”

ती अधिकारीका अनुसार एक्सपी विभागले बीबीसीको रिपोर्टिङमा पनि निगरानी राख्ने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register