एकै मन्त्रालयका मन्त्री र सचिव सँगै विदेश जान नपाउने

काठमाडौं । सरकारले एक मन्त्रालयका मन्त्री र सचिवलाईसँगै विदेश जान रोक लगाउने भएको छ । मन्त्री र सचिव दुवै नहुँदा सुशासन र सेवा प्रवाहमा असर परेको भन्दै सरकारले दुवै जनको भ्रमण एकैपटक स्वीकृत नगर्ने भएको हो । विदेश भ्रमणबारे आचारसंहिता बनाउँदै सरकारले यस्तो प्रबन्ध गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । मन्त्रीहरूसमेत […]

Mar 7, 2025 - 07:57
 0
एकै मन्त्रालयका मन्त्री र सचिव सँगै विदेश जान नपाउने

काठमाडौं । सरकारले एक मन्त्रालयका मन्त्री र सचिवलाईसँगै विदेश जान रोक लगाउने भएको छ ।

मन्त्री र सचिव दुवै नहुँदा सुशासन र सेवा प्रवाहमा असर परेको भन्दै सरकारले दुवै जनको भ्रमण एकैपटक स्वीकृत नगर्ने भएको हो ।

विदेश भ्रमणबारे आचारसंहिता बनाउँदै सरकारले यस्तो प्रबन्ध गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

मन्त्रीहरूसमेत मन्त्रीस्तरीय बैठकमा मात्रै विदेश जान पाउने निर्णय भएको उनले बताए । “सामान्य टेबल, संवाद कार्यक्रममा मन्त्रीहरूलाई जानका रोक लगाइएको छ,” उनले भने ।

मन्त्रीहरूलाई नेपाल सरकार पक्ष राष्ट्र भएको विषयमा मताधिकार प्रयोग गर्नुपर्ने अवस्था वा हस्ताक्षर गर्नुपर्ने अवस्था सिर्जना भएमात्रै विदेश भ्रमणको स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register