बेलौरी- ३ का वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका- ३ का वडाध्यक्ष सीताराम रिजालको शुक्रबार राति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो । शनिबार दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार […]

Mar 8, 2025 - 04:51
 0
बेलौरी- ३ का वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका- ३ का वडाध्यक्ष सीताराम रिजालको शुक्रबार राति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।

शनिबार दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारले जनाएका छन् ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो ।

रिजालका स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register