सवारी दुर्घटनामा १ जनाको ज्यान गयो

उदयपुर । शुक्रबार २३ गते साँझ अन्दाजी ५ः२० बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा. ०९ माथाने टोल स्थितमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ । चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको प्र १-०५-००१ ह ०३१० नं. को अटो बाटो मोड्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १-०२-०४३ प ५७४३ न को मोटरसाईकलसँग ठोक्किई दुर्घटना हुँदा […]

Mar 8, 2025 - 04:44
 0
सवारी दुर्घटनामा १ जनाको ज्यान गयो

उदयपुर ।

शुक्रबार २३ गते साँझ अन्दाजी ५ः२० बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा. ०९ माथाने टोल स्थितमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको प्र १-०५-००१ ह ०३१० नं. को अटो बाटो मोड्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १-०२-०४३ प ५७४३ न को मोटरसाईकलसँग ठोक्किई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला मोरङ लेटाङ न.पा.०७ वाराङ्गी बस्ने बर्ष २६ को अजय लिम्बु गम्भिर घाईते भएको र निजलाई घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल गाईघाटमा ल्याई उपचारको क्रममा ऐ. साँझ ६ः१० बजे अस्पतालले निज अजय जिम्बुलाई मृत घोषणा गरेको हो ।

तत्काल फरार रहेका अटो चालक जिल्ला उदयपुर त्रियुगा न.पा.०७ बस्ने वर्ष ३८ को भुसेलाल दनुवारलाई प्रहरीले खोजतलास गरी फेला पारी जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

दुर्घटना भएका दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register