युक्रेनको डोब्रोपिलियामा रुसी आक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । युक्रेनले डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । आक्रमणमा ३० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ । डोब्रोपिलिया रूसी कब्जामा रहेको डोनेट्स्क शहरको उत्तरपश्चिममा अवस्थित छ । युक्रेनले यसअघि बिहीबार राति […]

Mar 8, 2025 - 07:39
 0
युक्रेनको डोब्रोपिलियामा रुसी आक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । युक्रेनले डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ ।

आक्रमणमा ३० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ । डोब्रोपिलिया रूसी कब्जामा रहेको डोनेट्स्क शहरको उत्तरपश्चिममा अवस्थित छ ।

युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register