एनएसएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी काठमाडौं रेजर्स एफसीसँग भिड्ने छ। लिगमा ७ टोलीले सहभागिता रहनेछ । चैत १६ गतेबाट सुरु हुने तेस्रो संस्करणको एनएसएलको फाइनल खेल वैशाख १३ गते […]

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी काठमाडौं रेजर्स एफसीसँग भिड्ने छ। लिगमा ७ टोलीले सहभागिता रहनेछ ।
चैत १६ गतेबाट सुरु हुने तेस्रो संस्करणको एनएसएलको फाइनल खेल वैशाख १३ गते हुनेछ। एनएसएलको सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार तीन डबल हेडर (दिनमा दुईवटा खेल) हुनेछन् भने अन्य दिन एक-एक वटा खेल रहेका छन्। दुईवटा खेल भएको दिन पहिलो खेल २:३० मा हुनेछ भने दोस्रो खेल साँझ ६ बजे हुनेछ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने खेलमा जम्मा २१ वटा खेल हुनेछन्। शीर्ष चार टोलीले प्लेअफ प्रवेश गर्नेछन्। प्लेअफमा दुईवटा क्वालिफायरका खेल हुनेछन् । पहिलो क्वालिफायरको खेल वैशाख ६ गते हुनेछ।
त्यस्तै, दोस्रो क्वालिफायर वैशाख ७ गते रहेको छ। दुवै क्वालिफायरपछि वैशाख १० गते एलिमिनेटरको खेल हुनेछ। एलिमिनेटरपछि वैशाख १३ गते फाइनल खेल हुनेछ।
What's Your Reaction?






