सेवा प्रवाह छिटोछरितो बनाउन सरकारले १२ कानुन ल्याउँदैछः सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवा प्रवाहलाई छिटोछरितो बनाउन कतिपय कानुनहरू समस्याका रूपमा रहेको बताएका छन् । लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले ती समस्याको समाधानका लागि विभिन्न १२ वटा कानुन ल्याउने तयारीमा सरकार लागेको जानकारी दिएका हुन् । कतिपय कामका सिलसिलामा विभिन्न मन्त्रालयमा […]

Mar 8, 2025 - 13:36
 0
सेवा प्रवाह छिटोछरितो बनाउन सरकारले १२ कानुन ल्याउँदैछः सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवा प्रवाहलाई छिटोछरितो बनाउन कतिपय कानुनहरू समस्याका रूपमा रहेको बताएका छन् ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले ती समस्याको समाधानका लागि विभिन्न १२ वटा कानुन ल्याउने तयारीमा सरकार लागेको जानकारी दिएका हुन् ।

कतिपय कामका सिलसिलामा विभिन्न मन्त्रालयमा समस्या रहेका पाइएको भन्दै उनले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

सुशासन प्रवर्द्धनसँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको पहिलो प्राथमिकतामा रहेको मन्त्री गुरुङले बताए ।

उनले सुशासन प्रवर्द्धन र सावर्जनिक सेवा प्रवाहको प्रभावकारिताका लागि सरकारले अध्यादेशमार्फत छवटा कानुन ल्याएको जिकिर गरे । भूमिसम्बन्धी अध्यादेश छलफलका क्रममा रहेको बताउँदै उनले अन्य अध्यादेश पारित भइसकेका उल्लेख गरे ।

कतिपय कामका सिलसिलामा विभिन्न मन्त्रालयमा समस्या रहेका पाइएको भन्दै उनले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

सञ्चारमन्त्री गुरुङले २४० वर्षदेखिको सामन्तवादलाई अन्त्य गर्दै हामी लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरिसकेका जनाउँदै वर्तमान अवस्थामा राजकीय सत्ता एवं सार्वभौमसत्ता जनतामा निहित रहेको स्मरण गराए । हालको राजनीतिक प्रणालीलाई थप सुधार गर्दै अघि बढ्नु आवश्यक भएको उनको भनाइ छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register