पूर्वराजा ज्ञानेन्द्रको स्वागतसहित शक्ति प्रदर्शनको तयारीमा राप्रपा, ठूला दलहरूमा तरङ्ग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्रि प्रदर्शन गर्न लागेको हो । राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने कार्यक्रम रहेको […]

Mar 9, 2025 - 00:30
 0
पूर्वराजा ज्ञानेन्द्रको स्वागतसहित शक्ति प्रदर्शनको तयारीमा राप्रपा,  ठूला दलहरूमा तरङ्ग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्रि प्रदर्शन गर्न लागेको हो ।

राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आज दिउँसो १ बजे पूर्वराजालाई स्वागत गर्न विमानस्थल आउन सबैलाई अनुरोध गरेका छन् ।

‘सबैलाई फागुन २५ गते दिउँसो १ बजे काठमाडौं एअरपोर्टमका राजाको स्वागतका लागि उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘जोसँग जुन सवारी साधन छ, त्यही प्रयोग गरेर आउने सबैलाई उपस्थितका लागि हार्दिक निमन्त्रणा गर्दछु ।’

यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।

यसले ठूला दलहरूमा तरङ्ग पैदा गरेकाे छ । यसैबीच नेकपा माओवादी केन्द्रले तराई मधेस जागरण अभियान स्थगित गरेको छ ।

राजनीतिक घटनाक्रममा नयाँ परिस्थिति सिर्जना भएको र त्यसबारे गणतन्त्रवादी दलहरूसँग सघन छलफल गरेर अघि बढ्नुपर्ने र संसद्मा समेत उपस्थिति बलियो बनाउनुपर्ने देखिएकाले कार्यक्रम तत्काललाई स्थगित गरिएको महासचिव देव गुरुङले नेपालभ्युजलाई बताए ।

यस्तै सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका नेताहरूले पनि राजसंस्थावादीको प्रदर्शनलाई लिएर विभिन्न टिप्पणी गरिरहेका छन् ।

यसैगरी शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेटेका थिए । यसलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न ठाउँका मन्दिरको भ्रमण गरेका थिए । साथै उनले पोखराका बनेको स्वर्गीय राजा वीरेन्द्रको शालिकसमेत अनावरण गरेका थिए । त्यहाको भ्रमण सकेर उनी काठमाडौं फर्किन लागेका हुन् ।

राप्रपाको कार्यक्रमलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउने नेपाल प्रहरीले जनाएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । राप्रपाले भने लाखौं मानिस उतार्ने लक्ष्य राखिएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register