प्रचण्डको आरोप  : सरकारका जनविरोधी कामले प्रतिक्रियावादीलाई बल पुग्यो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारले जनविरोधी काम गर्दा प्रतिक्रियावादी शक्तिलाई बल पुगेको आरोप लगाएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले एमाले नेतृत्वको सरकारको जनविरोधी कामका कारण प्रतिक्रियावादी शक्ति उत्साही भएको र त्यसलाई आफ्नो पार्टीले रोक्ने जिकिर गरे […]

Mar 9, 2025 - 11:03
 0
प्रचण्डको आरोप  : सरकारका जनविरोधी कामले प्रतिक्रियावादीलाई बल पुग्यो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारले जनविरोधी काम गर्दा प्रतिक्रियावादी शक्तिलाई बल पुगेको आरोप लगाएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले एमाले नेतृत्वको सरकारको जनविरोधी कामका कारण प्रतिक्रियावादी शक्ति उत्साही भएको र त्यसलाई आफ्नो पार्टीले रोक्ने जिकिर गरे ।’‘अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएका छन् । तर, माओवादी केन्द्र जनताबिच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध सङ्घर्ष गर्ने तयारीमा रहेको छ,’ उनले भने ।

सम्बोधनको क्रममा प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेस जागरण अभियानले  माओवादीप्रति जनतामा विश्वास अझ प्रगाढ बनाएको दाबी गरेका छन् । ‘हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबिचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौँ । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्,’ उनले भने ।

प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गैर आवासीय नेपाली (एनआरएन) लाई नागरिकता माओवादी केन्द्रकै नेतृत्वमा वितरण गरेको तथ्यलाई स्थापित गर्न आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register