युगान्डामाथि नेपालको जित

काठमाडौं। वुमन्स डे टी–२० कप क्रिकेटमा नेपालले युगान्डालाई पराजित गरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको हो । ७६ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रनको योगदान गरिन् । पूजा महतोले १६ र […]

Mar 9, 2025 - 11:09
 0
युगान्डामाथि नेपालको जित

काठमाडौं। वुमन्स डे टी–२० कप क्रिकेटमा नेपालले युगान्डालाई पराजित गरेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको हो । ७६ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रनको योगदान गरिन् । पूजा महतोले १६ र रुविना क्षेत्री १० रन बनाए ।

युगान्डाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ७५ रन बनायो ।

युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाए ।

नेपालका लागि पूजा महतोले ३ तथा इन्दु बर्माले २ विकेट लिए ।

शनिबार भएको आफ्नो पहिलो खेलमा भने नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register