मेचीनगरको निन्दा बगरमा भेटिएका वेवारिसे मानिसको मृत्यु
झापा, २५ फागुन । झापाको मेचीनगर नगरपालिकास्थित निन्दा खोलाबाट उद्धार गरिएका एक बेवारिसे पुरुषको मृत्यु भएको छ । मानव सेवा आश्रम बाहुनडाँगीका कर्मचारी खगेन्द्र बिकले निन्दा खोलाबाट २०८० असोज २८ गते वतन नखुलेको वेवारिसे पुरुष व्यक्ति ६६–६७ को गिरीराज मानवलाई उद्धार गरी जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ४ स्थित मानब सेवा आश्रममा लगी राखेकोमा [...] The post मेचीनगरको निन्दा बगरमा भेटिएका वेवारिसे मानिसको मृत्यु appeared first on Jhapa Online.

झापा, २५ फागुन । झापाको मेचीनगर नगरपालिकास्थित निन्दा खोलाबाट उद्धार गरिएका एक बेवारिसे पुरुषको मृत्यु भएको छ ।
मानव सेवा आश्रम बाहुनडाँगीका कर्मचारी खगेन्द्र बिकले निन्दा खोलाबाट २०८० असोज २८ गते वतन नखुलेको वेवारिसे पुरुष व्यक्ति ६६–६७ को गिरीराज मानवलाई उद्धार गरी जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ४ स्थित मानब सेवा आश्रममा लगी राखेकोमा आज दिउँसो सोही आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको टोली र प्रहरी चौकी बाहुनडाँगीबाट समेत प्रहरी टोली खटि गई कानुनी प्रक्रिया लगायत अन्य थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
The post मेचीनगरको निन्दा बगरमा भेटिएका वेवारिसे मानिसको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






