राप्रपा नेपालका अध्यक्ष थापाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् । आज (सोमबार) दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागतलगायत भावी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो,’ उनले भने । […]

Mar 10, 2025 - 04:36
 0
राप्रपा नेपालका अध्यक्ष थापाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।

आज (सोमबार) दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागतलगायत भावी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो,’ उनले भने ।

आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र सङ्घीयता खारेज गर्नका लागि समान विचार र उदेश्य भएकाहरू एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा अध्यक्ष थापाले जोड दिइरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको महामन्त्री बर्तौलाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register