पोखरामा बीमा रकमको लोभमा आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ, पसल पनि स्वाहा, पैसा पनि आएन ! 

काठमाडौँ । बीमाको रकम पाउने लोभमा पोखरामा पसल सञ्चालक आफैँले आफ्नै पसलमा आगो लगाएको पाइएको छ । पोखरा महानगरपालिका-८ न्युरोडस्थित शर्मा आईटी हबका सञ्चालकले बीमाबापतको एक करोड रुपैयाँ पाउने लोभमा आफैँले आफ्नै पसलमा आगो लगाएको पाइएको हो ।  उक्त आईटी हबका सञ्चालक रमेश शर्मा हुन् । उनले मोबाइल चार्ज गर्ने क्रममा पसलमा आगो लागेको भन्दै […]

Mar 10, 2025 - 04:48
 0
पोखरामा बीमा रकमको लोभमा आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ, पसल पनि स्वाहा, पैसा पनि आएन ! 

काठमाडौँ । बीमाको रकम पाउने लोभमा पोखरामा पसल सञ्चालक आफैँले आफ्नै पसलमा आगो लगाएको पाइएको छ । पोखरा महानगरपालिका-८ न्युरोडस्थित शर्मा आईटी हबका सञ्चालकले बीमाबापतको एक करोड रुपैयाँ पाउने लोभमा आफैँले आफ्नै पसलमा आगो लगाएको पाइएको हो । 

उक्त आईटी हबका सञ्चालक रमेश शर्मा हुन् । उनले मोबाइल चार्ज गर्ने क्रममा पसलमा आगो लागेको भन्दै निवेदन दिएका थिए । 

उक्त आईटी हब गत पुसमा खुलेको थियो । पसलका सञ्चालक शर्माले उक्त पसलको माघमा १ करोडको बीमा गरेका थिए । पसलमा आगलागी फागुन मध्यतिर भएको थियो । पसलको आगो नेपाल प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । 

लगत्तै पसल सञ्चालक शर्माले पसल आगलागीको घटना जानकारी गराउँदै बीमा दाबी भुक्तानीका लागिसमेत निवेदन दिएका थिए । तर, घटना शंकास्पद लागेपछि प्रहरीले गरेको अनुसन्धानबाट कामदारलाई बिदा दिएर रमेश आफैँले पसलमा आगो लगाएको खुलेको छ । हाल प्रहरीले पसलका सञ्चालक रमेश शर्मालाई पक्राउ गरेको छ । हाल उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

यसअघि गत साउनमा पनि पोखरा लेकसाइडमै रहेको मुक्तिनाथ सपिङ सेन्टरका सञ्चालकले घाटा भएपछि बीमाको रकम पाउने लोभमा आफैँले पसलमा आगो लगाएको घटना सार्वजनिक भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register