अस्थायी युद्धविरामका लागि पुटिनका चार अडान

काठमाडौं । अमेरिकाको प्रस्तावित ३० दिने युद्धविराममा रुसले कडा अडान लिएको छ । रुसी राष्ट्रपतिको कार्यालय (क्रेमलिन) बाट जारी विज्ञप्तिमा अमेरिकाले रुससँग सिधै वार्ता नगरेसम्म कुनै निर्णय नहुने भनिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामी युक्रेन युद्धमा साउदी अरेबियामा भएको बैठकको नजिकबाट विश्लेषण गरिरहेका छौं । अमेरिकाले हामीसँग सिधै सम्पर्क गरेमा मात्र रूस […]

Mar 13, 2025 - 05:14
 0
अस्थायी युद्धविरामका लागि पुटिनका चार अडान

काठमाडौं । अमेरिकाको प्रस्तावित ३० दिने युद्धविराममा रुसले कडा अडान लिएको छ ।

रुसी राष्ट्रपतिको कार्यालय (क्रेमलिन) बाट जारी विज्ञप्तिमा अमेरिकाले रुससँग सिधै वार्ता नगरेसम्म कुनै निर्णय नहुने भनिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामी युक्रेन युद्धमा साउदी अरेबियामा भएको बैठकको नजिकबाट विश्लेषण गरिरहेका छौं । अमेरिकाले हामीसँग सिधै सम्पर्क गरेमा मात्र रूस सम्झौतामा सहमत हुनेछ ।”

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यदि रुस युद्धविराममा सहमत नभएमा अमेरिकाले रुसविरुद्ध कडा कारबाही गर्ने अपेक्षा गरिएको बताएका छन् ।

अमेरिका र युक्रेनबीच गत मङ्गलबार (मार्च ११) साउदी अरेबियामा बैठक भएको थियो । यसमा ३० दिनको युद्धविराममा सहमति भएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसको पुष्टि गर्दै भने, “यो प्रस्ताव सकारात्मक कदम हो । युक्रेन यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार छ । अब यसका लागि रुसलाई मनाउनु अमेरिकाको जिम्मेवारी हो । मस्कोले सहमति जनाएपछि युद्धविराम तुरुन्तै लागू हुनेछ ।”

यसपछि अमेरिकी राष्ट्रपतिले अब बल रुसको कोर्टमा रहेको बताएका थिए । “हामी चाँडै पुटिनसँग कुरा गर्नेछौं,” ट्रम्पले भने ।

अस्थायी युद्धविराममा पुटिनको अडान

विज्ञकाअनुसार रुस अहिले बलियो छ र यदि युद्धविराम भयो भने युक्रेन पुन: सङ्गठित हुनेछ भन्ने विश्वास छ । पुटिनको रणनीति भनेको युद्धविराम रुसको सर्तमा हुनेपर्नेछ ।

युद्धविराम हुनुभन्दा पहिले रुस आफूमाथि लगाइएका प्रतिबन्धहरूमा फुकुवा हुनुपर्ने चाहन्छ । यसमा तेल र ग्यास प्रतिबन्ध समावेश छन् ।
रुस क्रिमिया मुद्दालाई सधैंको लागि अन्त्य गर्न चाहन्छ । उसको माग यो छ कि युद्धविराम हुनुभन्दा पहिले विश्वले क्रिमियालाई रूसको एक भागको रूपमा स्वीकार गर्नुपर्छ ।

रुस चाहन्छ कि युक्रेनको २० प्रतिशत क्षेत्र (डोनेट्स्क-लुहान्स्क) सधैंभरि आफ्नो नियन्त्रणमा रहोस् ।

अमेरिका-युक्रेन वार्तामा महत्वपूर्ण निर्णय

  • युद्धविराम हवाई र समुद्री क्षेत्रबाहेक सम्पूर्ण युद्धभूमिमा लागू हुनेछ ।
  • वाचा गरिएअनुसार अमेरिकाले रुसलाई युद्धविराममा सहमत हुन मनाउने प्रयास गर्नेछ ।
  • युक्रेनले अमेरिकाबाट सैन्य सहयोग र गुप्तचर जानकारी आदानप्रदान सुविधाहरू प्राप्त गर्नेछ ।
  • दुर्लभ खनिज सम्झौता सकेसम्म चाँडो पूरा गर्न अमेरिका र युक्रेनबीच सम्झौता भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register