प्रचण्डलाई गगनको जवाफ : एकअर्कालाई दोष दिएर हुँदैन, असफलताको जिम्मा लिऔं

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली काङ्ग्रेसका सांसद गगन थापाले एकअर्कालाई दोष मात्र दिएर मात्र नहुने बताएका छन् । प्रचण्डले सरकारविरुद्ध कडा आलोचना गरेपछि थापाले संविधान पक्षधर दलहरूले नै असफलताको जिम्मा लिनुपर्ने बताएका हुन् । सङ्घीयता कार्यान्वयन लगायतका विषयमा प्रचण्डले वर्तमान सरकारले अधिकार हस्तान्तरण गर्न नचाहेको भन्दै आलोचना गरेका थिए ।  प्रचण्डको […]

Mar 11, 2025 - 09:24
 0
प्रचण्डलाई गगनको जवाफ : एकअर्कालाई दोष दिएर हुँदैन, असफलताको जिम्मा लिऔं

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली काङ्ग्रेसका सांसद गगन थापाले एकअर्कालाई दोष मात्र दिएर मात्र नहुने बताएका छन् ।

प्रचण्डले सरकारविरुद्ध कडा आलोचना गरेपछि थापाले संविधान पक्षधर दलहरूले नै असफलताको जिम्मा लिनुपर्ने बताएका हुन् ।

सङ्घीयता कार्यान्वयन लगायतका विषयमा प्रचण्डले वर्तमान सरकारले अधिकार हस्तान्तरण गर्न नचाहेको भन्दै आलोचना गरेका थिए ।  प्रचण्डको आलोचनालाई काउन्टर गर्दै थापाले सङ्घीयता बनाउन सबैले जिम्मा लिनुपर्ने बताए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रदेश सरकारलाई पूर्ण रूपमा काम गर्न नदिइएको गुनासो गर्दै भने, “प्रदेशलाई कामकाजी बनाउन नसक्नुको दोष सङ्घकै हो । हामीले अधिकार नदिएर हो । मुठ्ठी कसेर बस्यौँ हामी सबै ।”

“हामीले एक अर्कालाई दोष दिएर केही हुँदैन, किनकि हामी सबै कुनै न कुनै रूपमा सरकारमा थियौँ । अब दोषारोपणको राजनीति होइन, प्रदेशलाई कसरी सक्षम बनाउने भन्ने विषयमा छलफल गर्नुपर्छ,” थापाले भने ।

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी संरचना बनाउन नसकेको थापाले स्वीकारे । “हामी कसैले पनि सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरू बनाउने पहल गरेनौँ,” थापाले भने, “सङ्घीयता बलियो बनाउन दर्जनौँ कानुन आवश्यक थियो, तर हामी आफैँले त्यसमा ध्यान दिइएन ।”

थापाले प्रदेश सरकारहरूलाई प्रभावहीन बनाउने स्थितिको लाभ सङ्घीयता विरोधीहरूले उठाउने गरेको बताए । “प्रदेश सरकारलाई अधिकार नदिएपछि स्वाभाविक रूपमा त्यसको कमजोरी देखिन्छ । त्यसपछि संविधान र सङ्घीयता नै असफल भयो भन्नेहरू हाबी हुन खोज्छन्” थापाले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register