निःशुल्क शिक्षामा प्रधानमन्त्रीले भाँजो हाले : सुमना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्यालय शिक्षामा नाफा कमाउन भनेको भन्दै प्रश्न गरेकी छन् । साम्यवादी विचार बोकेको पार्टीका अध्यक्ष, समाजवादी संविधान भएको देशका प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा लगानी बढाएर मुनाफा कमाउ भन्नु उचित नभएको उनको तर्क छ । ‘निजी विद्यालयले नाफा कमाउने भए, आफ्नै शिक्षा […]

Mar 11, 2025 - 12:18
 0
निःशुल्क शिक्षामा प्रधानमन्त्रीले भाँजो हाले : सुमना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्यालय शिक्षामा नाफा कमाउन भनेको भन्दै प्रश्न गरेकी छन् ।

साम्यवादी विचार बोकेको पार्टीका अध्यक्ष, समाजवादी संविधान भएको देशका प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा लगानी बढाएर मुनाफा कमाउ भन्नु उचित नभएको उनको तर्क छ ।

‘निजी विद्यालयले नाफा कमाउने भए, आफ्नै शिक्षा मन्त्रीले भनेको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको काममा किन भाँजो हाल्दै हुनुहुन्छ ?’ सुमनाले मङ्गलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रश्न गरिन् ।

उनको प्रश्न यतिमै रोकिएन, भनिन् – ‘निःशुल्क शिक्षा भनेर ३०, ४० वर्ष जनताको दिमाग किन भुटेको ?’

साम्यवादी विचार बोक्ने नेताले विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न नसुहाउने उनको जिकिर थियो । उनले प्रश्न गरिन्, ‘साम्यवादी विचार बोक्ने नेताले विद्यालय शिक्षामा मुनाफा कमाउ भन्ने सुहाउँछ ?’

२६ फागुनमा प्रधामन्त्री केपी शर्मा ओलीले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औं राष्ट्रिय महाधिवेशमा पुगेर सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register