नेपालको तथ्याङ्कसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले विभिन्न क्षेत्रहरूको जानकारी र तथ्याङ्क सङ्कलन गरी तयार पारेको १०औं संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ । डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ । पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, […]

Apr 17, 2025 - 12:32
 0
नेपालको तथ्याङ्कसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले विभिन्न क्षेत्रहरूको जानकारी र तथ्याङ्क सङ्कलन गरी तयार पारेको १०औं संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ ।

डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ । पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, पूर्वाधार र संचार, सामाजिक आयामहरु, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्डहरु तथा ६४ उपखण्ड समेटिएका छन् ।

पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा विसं २०७२ सालको भूकम्प र कोभिड-१९ माहामारीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्याङ्कबाट चित्रित गरिएको छ ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रूपमा रहेको फ्याक्ट्स नेपालले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकालदेखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आम जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गरिरहेको छ ।

यस संस्थाले नेपालको अनुसन्धान क्षेत्र तथा संस्कृतिमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । यस संस्थाले विभिन्न छलफल र इन्फोग्राफिक्स मार्फत् राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल, र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटहरूसँग सहकार्य गरी तथ्यांक र तथ्यहरू सार्वजनिक गर्ने गर्दछ ।

पुस्तकको मूल्य ५०० रुपैयाँ तोकिएको छ । पाठकहरुका लागि ‘फ्याक्ट्स अफ नेपाल २०२५’ पुस्तक thuprai.com मा खरिदका लागि उपलब्ध हुनेछ । निश्चित समयको लागि ३० प्रतिशत छुट रहेको पनि उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register