बलुचिस्तानमा रेल अपहरण : १०० भन्दा बढी यात्रुको उद्धार, १६ पृथकतावादी मारिए

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलबार सशस्त्र अतिवादीहरूले एक यात्रुवाहक रेलमा आक्रमण गरी यात्रुहरूलाई बन्धक बनाएका छन् । पृथकतावादी समूह बलोच लिबरेसन आर्मी (बीएलए)ले आक्रमणको जिम्मेवारी लिएको छ । यो आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो । बीबीसी उर्दूका अनुसार पाकिस्तानी सैन्य स्रोतहरूले जाफर एक्सप्रेस आक्रमणपछि अहिलेसम्म १०४ यात्रुलाई उद्धार गरिएको दाबी […]

Mar 12, 2025 - 03:06
 0
बलुचिस्तानमा रेल अपहरण : १०० भन्दा बढी यात्रुको उद्धार, १६ पृथकतावादी मारिए

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलबार सशस्त्र अतिवादीहरूले एक यात्रुवाहक रेलमा आक्रमण गरी यात्रुहरूलाई बन्धक बनाएका छन् ।

पृथकतावादी समूह बलोच लिबरेसन आर्मी (बीएलए)ले आक्रमणको जिम्मेवारी लिएको छ । यो आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानी सैन्य स्रोतहरूले जाफर एक्सप्रेस आक्रमणपछि अहिलेसम्म १०४ यात्रुलाई उद्धार गरिएको दाबी गरेका छन् । यस कारबाहीमा १६ अतिवादी मारिएको बताइएको छ ।

यसैबीच, जाफर एक्सप्रेसका ८० यात्रु माछा रेलवे स्टेसन पुगेका छन्, जहाँ उनीहरूलाई प्राथमिक उपचार गरिएको छ ।

रेलवे अधिकारीहरूका अनुसार यस रेलमा ९ वटा कोच थिए र ४०० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए ।

पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले जाफर एक्सप्रेसका धेरै यात्रुलाई अतिवादीहरूले रेलबाट ओरालेर पहाडी क्षेत्रमा लगेको बताएका छन् ।

सम्बन्धित समाचार :

पाकिस्तान रेल अपहरणः २० जना सेना मारिए, १८२ यात्रु बन्धक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register