छतको पानी सडकमा नझार्न बिर्तामोड नगरपालिकाको आग्रह

बिर्तामोड, २८ फागुन । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका घरधनीहरूलाई छतको पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको छ। पालिकाले एक सूचना जारी गर्दै छतको पानीका कारण सडक बिग्रने समस्या भएको भन्दै उक्त पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको हो । भित्री सडक खण्डमा घरधनीहरूले सडक मिचेर घर बनाउने र छतको पानी सडक बीचमै खसाल्दा सडक बिग्रने [...] The post छतको पानी सडकमा नझार्न बिर्तामोड नगरपालिकाको आग्रह appeared first on Jhapa Online.

Mar 12, 2025 - 10:55
 0
छतको पानी सडकमा नझार्न बिर्तामोड नगरपालिकाको आग्रह

बिर्तामोड, २८ फागुन । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका घरधनीहरूलाई छतको पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको छ।

पालिकाले एक सूचना जारी गर्दै छतको पानीका कारण सडक बिग्रने समस्या भएको भन्दै उक्त पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको हो ।

भित्री सडक खण्डमा घरधनीहरूले सडक मिचेर घर बनाउने र छतको पानी सडक बीचमै खसाल्दा सडक बिग्रने साथै पैदल यात्रु र सवारी साधनलाई समेत समस्या हुने गरेको छ ।

उक्त समस्या समाधान गर्न बिर्तामोड नगरपालिकाले बर्खा लाग्नु अगावै छतको पानीको निकास व्यवस्थापन गर्न घरधनीहरूलाई आग्रह गरेको हो।

The post छतको पानी सडकमा नझार्न बिर्तामोड नगरपालिकाको आग्रह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register