लागूऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ

विराटनगर, १२ वैसाख । मोरङ,सुनसरी र इलामको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ गते विराटनगर महानगरपालिका–१५स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ केराबारी गाँउपालिका–१० का २२ वर्षीय बिर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी [...] The post लागूऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ appeared first on Jhapa Online.

Apr 25, 2025 - 08:55
 0
लागूऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ

विराटनगर, १२ वैसाख । मोरङ,सुनसरी र इलामको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ११ गते विराटनगर महानगरपालिका–१५स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ केराबारी गाँउपालिका–१० का २२ वर्षीय बिर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापा मेचिनगर–६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले मोरङ मिक्लाजुङ–६ स्थाई वतन घर भई हाल झापाको दमक–८ की २८ वर्षीया मिना लिम्बु राईलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै इलामको इलाम नगरपालिका–६ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले सोहि स्थानका २२ वर्षीय सन्तविर तामाङ,२९ वर्षीय बिजय नेम्बाङ लिम्बु, सन्दकपुर–४ का ३० वर्षीय चेत बहादुर गुरूङ इलाम–७ का २७ वर्षीय सुप्रिम देवान इलाम–८ का ३१ वर्षीय रोहित आलमलाई ३ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post लागूऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register