इलाममा महिला गोल्डकपको तयारी पुरा

इलाम, १६ फागुन । क्लब ओएसिस इलामको आयोजनामा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी पूरा भएको छ । इलामको ठुलो टुँडिखेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । शनिबारदेखि सुरु हुने प्रतियोगिता र उद्घाटन कार्यक्रमको तयारी सकिएको क्लबका अध्यक्ष धुव्र राईले जानकारी दिनुभयो । मैदान व्यवस्थापन [...] The post इलाममा महिला गोल्डकपको तयारी पुरा appeared first on Jhapa Online.

Feb 28, 2025 - 13:02
 0
इलाममा महिला गोल्डकपको तयारी पुरा

इलाम, १६ फागुन । क्लब ओएसिस इलामको आयोजनामा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी पूरा भएको छ ।

इलामको ठुलो टुँडिखेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । शनिबारदेखि सुरु हुने प्रतियोगिता र उद्घाटन कार्यक्रमको तयारी सकिएको क्लबका अध्यक्ष धुव्र राईले जानकारी दिनुभयो । मैदान व्यवस्थापन लगायत प्रतियोगिता तयारी भएको उहाँले बताउनुभयो । महिला फुटबल प्रतियोगिता कमै मात्र हुने गरेकोले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिताले सघाउ पुर्‍याउने अपेक्षा रहेको क्लबका राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा विदेशी क्लबमा अनुबन्ध भएका तीन खेलाडीहरू, सावित्रा भण्डारी, एन्जिला तुम्बापो लगायतका खेलाडी बाहेक नेपाली राष्ट्रिय टिमका प्राय सबै खेलाडीको खेल कौशल हेर्न सकिने क्लबका सचिव रोशन राईले बताउनुभयो। प्रतियोगितामा क्वाटर फाइनलमा एक सय, सेमिफाइनल मा दुई सय र फाइनलमा तीन सय रुपैयाँ प्रवेश शुल्क राखिने र सिजनल टिकट एक हजार रुपैयाँ रहेको सचिव राईले बताउनुभयो । ज्येष्ठ नागरिकलाई निःशुल्क र विद्यार्थीलाई २० प्रतिशत छुट रहेको जनाइएको छ ।

फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरू सहभागी रहनेछन् । नेपालका विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब सहभागी हुँदै छन् । यसैगरी पदमा स्पोर्टिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी हुँदै छन् भने भारतको माने भञ्ज्याङ फुटबल क्लब र मदर टेरेसा फुटबल क्लब सहभागी हुँदै छन् ।

प्रतियोगिताको विजेताले नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख बढी अनुमानित लागत रहेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा फागुन १७ गतेका दिन आयोजक क्लब ओएसिस र पदमा स्पोर्टिङ क्लब, ओखलढुङ्गाबिच प्रतिस्पर्धा हुनेछ ।

The post इलाममा महिला गोल्डकपको तयारी पुरा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register