झापासहित तीन जिल्लाबाट लागुऔषधसहित पाँच जना पक्राउ

झापा, २९ फागुन । मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । फागुन २८ गते विराटनगर महानगरपालिका–५ स्थितमा लागुऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप महानगरपालिका–८ का २३ वर्षीय कुविर राई र २१ [...] The post झापासहित तीन जिल्लाबाट लागुऔषधसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

Mar 13, 2025 - 06:09
 0
झापासहित तीन जिल्लाबाट लागुऔषधसहित पाँच जना पक्राउ

झापा, २९ फागुन । मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

फागुन २८ गते विराटनगर महानगरपालिका–५ स्थितमा लागुऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप महानगरपालिका–८ का २३ वर्षीय कुविर राई र २१ वर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी, सुनसरी धरान उप महानगरपालिका–१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ वर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने झापा कनकाई नगरपालिका–४ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्थानीय ३३ वर्षीय इन्द्र चौधरी र उनको श्रीमती ३२ वर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागु औषध गाँजासहित नियन्त्रणमा लिएको छ ।

The post झापासहित तीन जिल्लाबाट लागुऔषधसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register