गाईघाटकाे वनमा लागेको डढेलो नियन्त्रणका लागि समाग्री हस्तान्तरण

उदयपुर । डिभिजन वन कार्यालय उदयपुर गाईघाटकाे वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको हो । पछिल्लो समय उदयपुरमा दिनप्रति दिन आगलागीका घटना बढ्दै गएपछि नियन्त्रणमा सघाउने पुर्‍याउने उद्देश्यले सुरक्षाकर्मीलाई उपकरण हस्तान्तरण गरेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख […]

Mar 13, 2025 - 06:07
 0
गाईघाटकाे वनमा लागेको डढेलो नियन्त्रणका लागि समाग्री हस्तान्तरण

उदयपुर ।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटकाे वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको हो ।

पछिल्लो समय उदयपुरमा दिनप्रति दिन आगलागीका घटना बढ्दै गएपछि नियन्त्रणमा सघाउने पुर्‍याउने उद्देश्यले सुरक्षाकर्मीलाई उपकरण हस्तान्तरण गरेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख सन्जीवराज ढकालले बताउनुभयो ।


डिभिजन वन कार्यालयले नेपाल प्रहरीलाई ब्याक वाटर पम्प, फायर ¥याक थान, जम्प सुट, फायर साबेल हस्तान्तरण गरेको छ । वन कार्यालयले नेपाली सेनाको पशुपति प्रसाद गण पिपलटार ब्यारेक, सशस्त्र प्रहरीको नम्बर ५ गण बोक्से र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई हस्तान्तरण गरेको छ ।


अग्नी नियन्त्रण सामग्रीको प्रयोगले वन डढेलो नियन्त्रणमा सहज हुने हुँदा कार्यालयले उपलब्ध गराएको वन कार्यालय उदयपुरका प्रमुख ढकालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले कसैले जानी जानी वनमा आगो लगाउनेलाई कार्वाही गर्ने निर्णय भइसकेको बताउनुभयो ।

वन डढेलोले जैविक विविधतामा ठूलो असर पुर्‍याउने हुँदा वन कार्यालयले दिएको सामग्रीलाई सही रुपमा प्रयोग गरि अग्नी नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register