युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा आगलागी

काठमाडौं । एकातिर अमेरिकाले रुस र युक्रेनबीच युद्धविराम सम्झौता गराउन खोजिरहेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुगेका छन् भने अर्कोतर्फ रुस र युक्रेनले एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन् । युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिणपश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ । […]

Mar 14, 2025 - 10:32
 0
युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा आगलागी

काठमाडौं । एकातिर अमेरिकाले रुस र युक्रेनबीच युद्धविराम सम्झौता गराउन खोजिरहेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुगेका छन् भने अर्कोतर्फ रुस र युक्रेनले एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन् ।

युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिणपश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ ।

ब्ल्याक सीको तुआप्से बन्दरगाहमा अवस्थित यो रिफाइनरीले रुसी सेनालाई पनि मद्दत गर्छ ।

युक्रेनी स्रोतले ड्रोनले ताम्बोभ र साराटोभ क्षेत्रहरूमा रहेका ग्यास पाइपलाइनहरूको कम्प्रेसर स्टेशनहरू र बेल्गोरोडमा रहेको मिसाइल डिपोलाई पनि लक्षित गरेको बताएको छ ।

यसैबीच युक्रेनी अधिकारीहरूले खार्किभमा राति भएको रुसी आक्रमणमा सात जना घाइते भएको बताएका छन् ।

रुसी रक्षा मन्त्रालयले रातारात २८ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको बताएको छ । यी मध्ये चार मस्कोमाथि, पाँच बेल्गोरोडमाथि र एउटा कालो सागरमाथि थिए ।

युक्रेनी वायुसेनाले भनेको छ, “रुसले रातारात आफूतर्फ २७ वटा ड्रोन प्रहार गरेको थियो, जसमध्ये १६ वटालाई हवाई रक्षा प्रणालीले सफलतापूर्वक नष्ट गरेको छ ।”

युक्रेनी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी आक्रमण भएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register