विशिष्टको सुविधा घटाएर जनताको सुविधा बढाउनु पर्छ : डा. भण्डारी

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गरेका छन्। काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ को सम्मेलनलाई सम्बोधन गर्दै सो क्षेत्रका सांसद समेत रहेका भण्डारीले देश आर्थिक सङ्कटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे। उनले विशिष्ट व्यक्तिका सेवासुविधा कटौती गरेर जनताको सुविधा […]

Mar 14, 2025 - 15:02
 0
विशिष्टको सुविधा घटाएर जनताको सुविधा बढाउनु पर्छ : डा. भण्डारी

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गरेका छन्। काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ को सम्मेलनलाई सम्बोधन गर्दै सो क्षेत्रका सांसद समेत रहेका भण्डारीले देश आर्थिक सङ्कटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे।

उनले विशिष्ट व्यक्तिका सेवासुविधा कटौती गरेर जनताको सुविधा बढाउनुपर्नेमा जोड दिए । अहिलेका शीर्ष नेताहरूबाट देश नबन्ने दाबी गर्दै  नेता भण्डारीले उनीहरूलाई सम्मानजनक रुपले विस्थापित गरी आफूहरुले देशलाई निकास दिन लागि परेको  बताए ।

नेता भण्डारीले नयाँ पुस्ताका नेताहरूलाई साथ दिन देशभरका मतदाताहरूलाई आग्रह समेत गरे। उनले भने, “पुराना नेताहरू सच्चिने अवस्था देखिएन, त्यसैले नयाँ पुस्ताका नेताहरूलाई मौका दिनु नै अहिलेको निकासको मुख्य उपाय हो ।”

पुराना नेताहरूको व्यवहारकै कारण राजावादीहरूको आत्मबल बढेको तर्क गर्दै उनले नेपालमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरे । उनले भने, “लोकतन्त्रको विकल्प राजतन्त्र होइन, बरु पुराना नेताहरूको विकल्प नयाँ नेताहरू हुन सक्छन् यही व्यवस्थाभित्र सुधारका लागि लाग्नुपर्छ ।”

काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका भण्डारीले देशका हरेक मोडमा निकासको नेतृत्व सधैँ कांग्रेसले मात्रै गरेको दृष्टान्त प्रस्तुत गर्दै अब पनि कांग्रेसले नै निकास दिने दाबी गरे।

उनले सबैभन्दा बढी सम्भावना कांग्रेसबाटै भएकाले यसको विकल्पमा नलाग्न पनि शुभेक्षकहरूलाई आह्वान गरे। कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, काङ्ग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठ जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायतका नेताहरूले केन्द्रीय नेताहरू सुध्रिनुपर्ने र आम कार्यकर्ता निराश नभई खबरदारी गरिरहनुपर्नेमा जोड दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register