तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन गाउँपालिका

हुम्ला । अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या […]

Apr 13, 2025 - 05:23
 0
तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन गाउँपालिका

हुम्ला । अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।

अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register