अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध […]

Mar 15, 2025 - 12:25
 0
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register