धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते
काठमाडौं । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । घाइते हुनेमा स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी तथा मिना र उनकी २० वर्षीया छोरी चन्द्रा खड्का घाइते भएका […]

काठमाडौं । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
घाइते हुनेमा स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी तथा मिना र उनकी २० वर्षीया छोरी चन्द्रा खड्का घाइते भएका हुन् ।
जोशी मिनाको घरमा ग्यास जोड्न गएका थिए । जोड्ने क्रममा एक्कासी ग्यास पड्किएको थियो ।
घाइतेहरूको स्थानीय निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू खतरमुक्त रहेको बताइएको छ ।
What's Your Reaction?






