बाबुरामको दाबी : राजतन्त्र फर्किने कुनै सम्भावना छैन

धनुषा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधानसभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताए । पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भएको देशमा सबैको […]

Mar 23, 2025 - 01:28
 0
बाबुरामको दाबी : राजतन्त्र फर्किने कुनै सम्भावना छैन

धनुषा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधानसभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भएको देशमा सबैको बीचमा एकता कायम गर्नुपर्ने ठाउँमा एउटा जातिको पुरुष र एउटा जाति, धर्म मान्ने पुरुष राज्यसत्तामा ल्याउने भनेको समावेशिता, जातीय, क्षेत्रीय विविधतामाथिको प्रहार हुने र यसले ठूलो द्वन्द्वतर्फ लैजाने भएकाले सचेत रहन आग्रह गरे ।

उनले अग्रगामी राजनीतिक विकल्प सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औँल्याउँदै उनले यस्तो प्रणाली भएमा स्थिरता आउने उल्लेख गरे । सङ्घीयतासम्बन्धी आवश्यक नियम तथा कानुन समयमै नबनाइएकाले सङ्घीयता ठीक ढङ्गले अगाडी बढ्न नसकेको उनको भनाइ थियो । –रासस

राजतन्त्र बोकेर हिँड्नेहरू निराशामा बाँच्छन् : बाबुराम भट्टराई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register