‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने ट्रम्पको निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्वाइस अफ अमेरिका’ बन्द  गर्ने निर्णय गरेका  छन्। सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ। डोनाल्ड ट्रम्पले उक्त समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ‘उग्रवादी’ भएको आरोप लगाएका छन् । बीबीसीका अनुसार भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले  उनी […]

Mar 16, 2025 - 16:26
 0
‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने ट्रम्पको निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्वाइस अफ अमेरिका’ बन्द  गर्ने निर्णय गरेका  छन्।

सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ।

डोनाल्ड ट्रम्पले उक्त समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ‘उग्रवादी’ भएको आरोप लगाएका छन् ।

बीबीसीका अनुसार भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले  उनी र उनका लगभग १३०० कर्मचारीहरूलाई सशुल्क बिदामा राखिएको बताएका छन् ।

भ्वाइस अफ अमेरिका सन् १९४२ मा नाजी र जापानी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register